चाहेर पनि श्रीमानलाई किन छोड्न सक्दैनन् श्रीमतीहरु ?
काठमाडौं । विवाह एउटा यस्तो सम्बन्ध हो जसले श्रीमान र श्रीमतीलाई एक अर्कासँग पुर्ण जिम्मेवारीका साथ जीवन बिताउन प्रेरित गर्छ ।
यदी यो सम्बन्धमा कुनै खाले तिक्तता आउँछ भने जीवनभर दरारमात्र पैदा हुन्छ । कतिपय घरमा सुन्दर श्रीमती हुदाँहुँदै पनि श्रीमानले बाहिर अफयेर चलाउने गर्छन् । आफ्नी श्रीमतीलाई धोका दिने काम गर्छन् । जसलाई थाहा पाएर पनि श्रीमतीले श्रीमानलाई छोड्न सक्दैनन् । रातदिन मदिरा सेवन गरेर अनेकथरी लन्छना लगाएर श्रीमतीलाई यातना गर्दछन् । केही यस्ता अवस्थाहरु रहेका हुन्छन् जसका कारण पतिले धोका दिए पनि पतिलाई छोड्न सक्दैनन् श्रीमतीहरु
बच्चाहरुको भविष्य
धोकेबाज पति भएपनि सबैभन्दा ठुलो जिम्मेवारी बच्चाहरुको रहन्छ । बच्चाहरुले खराब भविष्य देखुन् भनेर पनि महिलाहरुले पतिलाई नछोड्ने ठुलो निर्णय लिने गरेका छन् ।
अरुसँग जीवन बिताउन असहज भएका कारण
लामो समयसँग आफ्नो पतिसँग जीवन बिताएका कारण पनि अरुसँग जीवन कसरी बिताइएला भन्ने डर महिलामा रहिरहन्छ । त्यसकारण पनि धोकेबाज पतिलाई छोड्न उनीहरु डराउँछन् ।
कतिपय अवस्थामा आफुलाई नै दोषी देख्नु
केही महिलाहरु आफ्नो पतिले धोका दिनु पछाडि आफैलाई दोष दिने गर्छन् । उनीहरु सोच्छन् आफुले राम्रोसँग पतिको वास्था नगर्दा पतिले धोका दिन पुगेका हुन् । माया पाउन बाहिर अफयेर गरेको उनीहरु सोच्ने गर्छन् ।
परिवार र समाज
केही महिलाहरु परिवार र समाजका कारण धोकेबाज पतिलाई छाड्न सक्दैनन् । आफुले छोडेर गएमा उल्टै परिवार र समाजले आफुलाई दोषी देख्ने भएका कारण उनीहरु पतिको साथमा रहने गर्छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस