• जीवनशैली | Jiwanshaili
  • अवरुद्ध जयपृथ्वी राजमार्ग पुन : सञ्चालनमा


    पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।

    सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो ।

    राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रका लागि छुटेका गाडी बीचबाटामै रोकिएका थिए । रोकिएका गाडी र यात्रु राजमार्ग पुनःसञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । पहिराका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार