फरार अभियुक्त छ महिनापछि पक्राउ
File photo
बर्दिवासमा एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले छुरा प्रहार गरी भागेका अभियुक्त घटनाको छ महिनापछि पक्राउ परेका छन् । गत पुस २२ गते बर्दिवास–१ स्थित नेहा खाद्य उद्योगमा कार्यरत कामदार रामधारी चौधरीलाई छुरा हानेर भागेका जिल्लाकै रामगोपालपुर नगरपालिका–४ का शत्रुधन राय यादवलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका सर्लाहीको लालबन्दी–३ का स्थायी बासिन्दा चौधरी लामो समयको उपचारपछि निको भएका छन् । यादवले व्यक्तिगत रिसइबीले चौधरीलाई छुरा प्रहार गरेका प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक बलिष्टर सिंहले बताए । उनका अनुसार पक्राउ गरिएका यादवलाई हिरासतमा राखी थप अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस