फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालयले चोरी र लागुऔषध मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी गरेको आरोप प्रमाणित भई फरार रहेका व्यास नगरपालिका–११ फराकचौर निवासी २३ वर्षीय विकास नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले विकासलाई नौ महिना ६ दिन कैद, रु दुई हजार जरिवाना र रु ६०० क्षतिपूर्ति तोकेको थियो ।
त्यसैगरी लागुऔषध मुद्दामा फरार हुँदै आएकी व्यास नगरपालिका–३ निवासी २१ वर्षीय सिम्रन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ अदालतको विसं २०७७ मङ्सिर ३० गतेको फैसलाले एक महिना तीन दिन कैद, रु दुई हजार जरिवाना र रु २०० क्षतिपूर्ति सजाय तोकेपछि निज फरार हुँदै आएकी थिइन् । पक्राउ परेका दुवैलाई कानूनी कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस