प्रहरी हिरासतबाट थुनुवा फरार
इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।
प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस