पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध
रसुवा । पहिरोको कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।
स्याफ्रु-रसुवागढी सडक खण्डमा रहेको रोङ्गाखोलामा गएको पहिरोको कारण सडक अवरुद्ध भएको हो । ठूलो पहिरो गएका कारण ब्लास्टिङ गरेर सडक सञ्चालनमा ल्याउनुपर्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सुरक्षा समितिको बैठक बसेर ब्लास्टिङ गर्ने निर्णय गरिएको र ब्लास्टिङ पश्चात सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
बर्खा सुरु भएसँगै जिल्लाको प्रमुख सडकहरूमा पहिरो जाने गरेको छ । यस वर्ष पनि दैनिकजसो सडक अवरुद्ध भइरहेको छ । पहिरोको कारण मैलुङ-स्याफ्रु सडक खण्ड असार १ गतेदेखि बन्द छ । पासाङ ल्हामु सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याउने गरिएको छ ।
आज अन्य क्षेत्रमा सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस