आठ सय लिटर घरेलु मदिरा नष्ट
अर्घाखाँचीमा प्रहरीले झण्डै ८०० लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ । घरेलु मदिराका कारण समाजमा झैझगडा तथा हिंसात्मक गतिविधि बढ्न थालेपछि प्रहरीले घरेलु मदिरा बनाउने स्थानको खोजी गर्दा झण्डै ८०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए ।
बरामद मदिरा फोहर अर्थात् खानयोग्यसमेत नभएको प्रहरीको भनाइ छ । घरेलु मदिरामा अखाद्य पदार्थ मिसाउने तथा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले सरकारले घरेलु मदिरा उत्पादनलाई अवैधानिक मानेको छ । जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा घरेलु मदिरा बनाउनेको सङ्ख्या बढिरहेको सूचना प्राप्त भएको तथा जसका कारण झैझगडाका घटना बढेका कारण मदिरा बरामद र नष्ट कार्यलाई निरन्तरता दिने प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस