रेडपाण्डाको छाला र भालुको पित्तसहित तीनजना पक्राउ
बाँके । नेपालगञ्ज उपमहानगरपालिका १ पुष्पलाल चोकबाट संरक्षित रेडपाण्डाको छाला एक थान र चारवटा भालुको पित्तसहित तीनजना पक्राउ परेका छन् ।
उनीहरुलाई राप्ती गेष्ट हाउसबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका ४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका १ का २९ वर्षीय रोबिन बुढा रहेका छन्।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस