नागरिक अभियन्ता र बिपी प्रतिष्ठानका पूर्व विद्यार्थी पक्राउ
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका नागरिक अभियन्ताहरू र पूर्वविद्यार्थी पक्राउ परेका छन् ।
आइतबार वृहत नागरिक अभियानको प्रदर्शनपछि वीपी प्रतिष्ठानका पूर्वविद्यार्थी र केही नागरिक अगुवा पनि सिंहदरबार घेराउका लागि गएका थिए ।
यसअघि आइतबार नै वृहत नागरिक अभियानको प्रदर्शनका क्रममा खगेन्द्र संग्रौला, नारायण वाग्ले, अरुणदेव जोशी, सञ्जीव उप्रेतीलगायत पक्राउ परेका थिए । यस्तै वीपी प्रतिष्ठानका पूर्वविद्यार्थी कुम्भराज जोशी, प्रशान्त राई नागरिक समाजका युग पाठक, नरेश ज्ञवाली, छम गुरुङलगायत दिउँसो १२ बजे पक्राय परे ।
आइतबारको सिंहदरबार घेराउका क्रममा २६ जना नागरिक पक्राउ परेका छन् । बीपी प्रतिष्ठान सुधारको माग गर्दै चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजले चार सातादेखि आन्दोलन गर्दै आएका छन् ।
आन्दोलनरत् पक्षले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित चार जना पदाधिकारी बर्हिगमनलाई मुख्य विषय बनाएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस