• जीवनशैली | Jiwanshaili
  • बानेश्वरबाट पेस्तोल सहित एक जना पक्राउ


    काठमाडौं । काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकबाट प्रहरीले पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जनकपुर उप महानगरपालिका–२ घर भएका ३१ वर्षीय जयप्रकाश महतो छन् । महानगरीय प्रहरी कार्यालय र वृत बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो । महतोको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल र म्याग्जिन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

    असार २३ मा पेस्तोल बेच्न हिँडेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपीमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार