• जीवनशैली | Jiwanshaili
  • सर्लाहीमा एक घरमा आगलागी हुँदा ३० लाखको क्षति


    सर्लाही । सर्लाहीको बागमती नगरपालिका–६ सीतापुरमा एक घरमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

    सोमबार बिहान पुन्यप्रसाद दाहालको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। पौने पाँच बजे कुँडो पकाउन प्रयोग गरिएको आगो नजिकै रहेको मकैको खोस्टामा आगो सल्किएर आगलागी भएको हो। अगलागीबाट काठको दुईतले घर पूर्णरुपमा जलेर नष्ट भएको छ। घरमा रहेको सात तोला सुन, चाँदी, दुई लाख पचास हजार रुपैयाँ, मकै,धान, लत्ताकपडा, टेलिभिजनलगायतका सामान जलेको पीडित दहालले बताएका छन्।

    आगलागी प्रहरी चौकी राजघाट र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएका थिए। बागमती नगरपालिकामा दमकल नहुँँदा आगलागीको समयमा नगरवासीले ठूलै जनधनको क्षति व्यहोर्नु स्थानियले गुनासो गरेका छन्।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार