ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
धादिङ । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
नौबीसेबाट गल्छी जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उनका छोरा १० वर्षीय आर्यनको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराको घटनास्थलमै र बाबुको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा मोटरसाइकल चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २० वर्षीय जीवन घर्ती घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस