मकवानपुरमा २०८ किलो गाँजा बरामद
हेटौंडा । कन्टेनर र एउटा भारतीय ट्रकबाट प्रहरीले २०८ किलो गाँजा बरामद गरेको छ।
मकवानपुर प्रहरीले हेटौडाका दुई छुट्टाछुट्टै स्थानबाट गाँजा, ट्रक, कन्टेनर र त्यसका चालक, सहचालकलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार बुधबार हेटौडा १५ रातोमाटेस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा बारा जाँदै गरेको बिआर०१जीजी ९४९५ नम्बरको भारतीय ट्रकबाट १६९ किलो गाँजा बरामद गरिएको छ।
विशेष सूचनाको आधारमा प्रहरीले ट्रक रोकेर चेकजाँच गरेको थियो। ट्रकका चालक भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सहचालक ३१ को मुक्तार सैफिकलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
यस्तै, हेटौडा १९ नेवारपानीस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा ना६ख ३७४१ नं। को कन्टेनरबाट ४० किलो गाँजा बरामद भएको छ। गाँजासहित सहचालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका ४ का १९ वर्षीय दीपक गुरुङलाई पक्राउ गरिएको राठौरले बताए।
पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ऐनअनुसार थुनामा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस