• जीवनशैली | Jiwanshaili
  • अन्तर्जातीय विवाह र हाम्रो समाज


    उमेर पुगेर भएको जुनसुकै पनि विवाहलाई कानूनले मान्यता दिएको छ ।

    संवैधानिक व्यवस्थाले त झन् अन्तर्जातीय विवाहलाई विशेष मान्यता दिएको छ । तरपनि २१ औँ शताब्दीमा आइपुग्दा पनि सामाजिक रूपमा भने यो पाच्य हुन सकेको छैन । कुनै केटा वा केटीबीच अन्तर्जातीय प्रेम सम्बन्ध अंकुराउन लागेको कुरा समाजमा थाहा पाएमा सबैको ध्यान त्यतै आकृष्ट हुने मात्र होइन, प्रेमिल जोडीलाई टुक्राउन हर प्रयासहरू गर्न थाल्छन् ।

    अन्तर्जातीय विवाहलाई मान्यता दिनको लागि जति सजिलो मञ्च तथा अभिमुखी कार्यक्रमहरू छन्, त्यति नै अप्ठ्यारा व्यवहारिक तथा सांस्कृतिक पाटोहरू रहेका छन् । समाज आधुनिकीकरणतर्फ धकेलिरहँदा यस्ता व्यवहारिक कुराले भने समाजलाई सोही पुरतनवादी समाजतिरै पछ्याएको पाइन्छ । यस्तै उदाहरण हुन्, कैलालीका प्रकाश विश्वकर्मा र मालती रावल उनिहरु आफ्नो प्रेमलाई सफल पार्न जंगलमा लुकेर बसे तरपनि परिवारले उनिहरुको जोडीलाई टुटाएरै छाड्यो । यो त यौटा उदाहरण मात्रै यस्ता कयौं जोडीहरु छन् । जसले अन्र्तजातिय विवाहकै कारण ज्यान पनि गुमाएका छन् ।

    अन्तर्जातीय विवाहको असर महिला र पुरुष दुवैलाई बराबर

    अन्तर्जातीय विवाहको असर महिला र पुरुषलाई नै बराबर भएको पाइन्छ । अझ हाम्रा जस्तो समाजमा सामाजिक जिम्मेवारीको कारण पनि पुरुषलाई त्यतिकै तनाव सृजना भएको हुन्छ । अन्य कुरामा पश्चिमा सभ्यताको नक्कल गर्न सकेको हाम्रो समाजले जुन सुक्कै जाति बिचको वैवाहिक सम्बन्धमा भने खुल्न सकेको छैन । त्यसको असर हालको युवा पुस्तामासमेत परेको पाइन्छ ।

    अन्तर्जातीय विवाहको पछाडि अकल्पनीय चुनौतीहरू

    सबै कुरालाई सहज रूपमा लिइएन र परस्परलाई उचित सम्मान दिन सकिएन भने विभेद खेप्नैपर्छ ।

    कतिपय अवस्थामा मुखले नभने पनि व्यवहारमा भेदभाव झल्कन्छ । धार्मिक क्रियाकलापमा सहभागी हुँदा समाजका कारण पनि केही विभेद झेल्नै पर्छ तथापि घरले राम्रो व्यवहार गरे असहज परिस्थिति सिर्जना हुँदैन । छुवाछुत प्रथा हटाउनकै लागि सदियौँदेखी अन्तर्जातीय विवाहलाई मान्य दिने र दिनुपर्छ भने पनि व्यवहारिक पक्ष भने अझै पनि उस्तै छ । खासमा हेर्ने हो भने यो पढेलेखेको वर्गबाट नै छुवाछुत बढी रहेको पाइन्छ । कार्यालयमासँगै काम गर्ने क्रममा पनि जातीय विभेद उस्तै नै छ । कतिपय अवस्थामा व्यक्तिको अगाडी नदेखाए पनि पछाडि कुरा काट्ने र तल्लो जात माथिल्लो जात भनेर भेदभाव कायम नै रहेको पाइन्छ । केही कम्युनिस्टहरूले अन्तर्जातीय विवाह गरेको भए पनि समाजले तल्लो जात भनेर छुट्टाएको छोइछिटो नचल्ने जातसँग वैवाहिक सम्बन्ध कायम गरेको पाइँदैन ।

    कहिलेसम्म जातिय छुवाछुत ?

    नेपालको कानून अनुसार जातीय छुवाछुत अपराध मान्छि । नेपाललाई सरकारले जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ ।

    ऐनमा स्पष्ट भनिएको छ कि कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, सस्कृति, रितिरिवाज जात जाती वंश, समुदाय वा पेसाको आधारमा गरिने अपमानजनक व्यवहार साथै कुनै भोज पूजापाठ, मन्दिर, विवाह, मृत्यु जस्तो ठाउँमा जादा बन्देज गरेमा, कसैले कुनै पनि व्यक्तिलाई जात, जाति वंश वा पेसाको आधारमा सार्वजनिक सेवाको प्रयोग गर्न वा रोक लगाएमा, सो पीडकलाई ३ महिना देखि ३ वर्षसम्म कैद वा एक हजार देखि पच्चिस हजार रुपैयाँ सम्म जरिवाना वा दुनै सजायको व्यवस्था छ ।

    तर पनि अहिलेसम्म समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम भने रोकिएको छैन । संबिधानले जातिय छुवाछुत अन्त्य गर्ने धोषणा गरेपनि जातियबिभेद अझै कायमै रहेको पाइन्छ । समाजमा अहिले पनि दलितमाथि विभेद गर्नेक्रम रोकिएको छैन । पानी पँधेरो होस वा घरभित्र सामान छुँदासमेत दलितले यातना व्यहोर्नु परिरहेको छ । शिक्षित व्यक्तिहरूले नै दलितमाथि जातीय विभेद गर्ने र मन्दिरमा समेत रोक लगाउने गरेको पाइन्छ । जातीय छुवाछुतको अन्त्य गर्नको लागि सबैभन्दा पहिला त हरेक व्यक्ति र समाजमा सचेतना फैलाउन जरुरी छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार