• जीवनशैली | Jiwanshaili
  • गएको तीन महिनामा विपद्का घटनामा परी एक सय ३९ जनाको मृत्यु


    काठमाडौं । गएको तीन महिनामा विपद्का घटनामा एक सय ३९ जनाको मृत्यु भएको छ ।

    यस्तै अन्य ३६ जना हराइरहेका छन् भने तीन सय २३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार गएको वैशाख १ गतेदेखि आजसम्ममा एक हजार एक सय ७९ वटा घटना भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै चट्याङका कारण ३७ जनाको मृत्यु भएको छ ।

    यस्तै पहिरोमा २९ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् । बाढीमा २७ जनाको मृत्यु भएको छ र २८ जना हराइरहेका छन् । अविरल वर्षाले आठ जनाको ज्यान लिएको छ । यस्तै आगलागीमा परेर ११ जना, डढेलोमा तीन जना, जनावरको आक्रमणबाट १४ जना, सर्पले टोकेर नौ जना र हावाहुरीले एक जनाको ज्यान गएको छ ।

    विपद्का घटनाबाट एक हजार तीन सय ९६ घरपरिवारको ५६ करोड ५६ लाख रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार