चोरीका बीस मोबाइलसहित तीन पक्राउ
नेपाल प्रहरीले चोरीका २० मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले चोरीका २० मोबाइलसहित बारा निजगढका २२ वर्षीय विरस मगर, १८ वर्षीय समीर तामाङ र खोटाङ बतासेका १९ वर्षीय भीम राईलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेश बस्नेतले मोटरसाइकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोबाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेको मोबाइल लुटेर भाग्ने गरेको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग २० थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस