• जीवनशैली | Jiwanshaili
  • ७७ किलो गाँजासहित एकजना पक्राउ


    सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–२ बाट ७७ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।

    बिहीबार साँझ सोही ठाउँका करिब ३० वर्षीय अशोककुमार लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढथोकीले जानकारी दिए। हरिवन–२ अत्रौली खोलामा बा. ५२ प.१९३२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा प्लाष्टिकको बोराममा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

    लामासँगै रहेका अन्य तीनजना भने फरार भएको प्रहरीले जनाएको छ। लामा र मोटरसाइकललाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यलय हरिवनमा राखिएको छ। पछिल्लो समय सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिका र सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको गाजा तस्करहरुले सर्लाहीको बाँके, लालबन्दी, नवलपुर, हरिवन र बागमती हुँदै भारत लैजाने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार