• जीवनशैली | Jiwanshaili
  • कान छेड्दा हुन्छन् यस्ता फाइदा


    काठमाडौं । पछिल्लो समय युवा पुस्ताले कान छेड्नुलाई फेसनकै रुपमा विकास गरेका छन् ।

    पहिला गहना लगाउनका लागि महिलाले कान छेड्ने गरेको भएपनि अहिले केटा केटी, महिला पुरुष सबैले कान छेड्ने गरेका छन् । कसैले रहरले कसैले करले कान छेडे पनि त्यसले स्वास्थ्यका लागि भने फाइदा पुर्‍याउने एक अध्ययनले देखाएको छ ।

    कानको लोतीमा हुने एक प्वाइन्टका कारण मानिसको जीवनमा कानले तरंग पैदा गर्छ । कान छेड्दा प्राय त्यही प्वाइन्ट वरपर छेडिने भएकाले मानिसको मानसिक स्वास्थ्यसहित शारीरिक स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको अध्ययनबाट पत्ता लागेको छ ।

    कान छेड्दा हुने फाइदा

    कानको तल्लो भागमा दबाब पुग्ने हुँदा यसले तनाब कम गर्न सहयोग पुग्छ ।

    कानको लोतीमा आउने दबाबले मस्तिष्कको समस्याबाट पनि बचाउँछ ।

    मस्तिष्कको क्षमता विकास गर्न सहयोग गर्छ ।

    आँखाको ज्योतिलाई सन्तुलित राख्न मद्दत पुर्‍याउँछ ।

    कानको सूचक प्वाइन्टमा हुने दबाब पाचन प्रणालीसँग पनि जोडिएका भएकाले भोक लाग्ने तथा पाचन प्रणाली मजबुद हुने पाइएको छ ।

    शरीर सुनिने र प्यारालाइसिस हुने जोखिम पनि कम हुने वैज्ञानिकहरुको भनाई छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार