१७ वर्षीया किशोरीमाथि प्रहरीबाटै पटक-पटक यौन हिंसा
सेती नदीमा हामफाल्न खोज्दा जालीमा अड्किएकी १७ वर्षीया किशोरीलाई प्रहरीले जेठ १८ मा पोखराको केआई सिंह पुलबाट उद्धार गर्यो । मानसिक रूपमा विक्षिप्त रहेकी उनलाई वडा प्रहरी कार्यालय बगरले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा पठायो ।
एक महिनासम्मको मनोसामाजिक परामर्शपछि किशोरी बल्ल बोल्न सक्ने भएकी छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानबाटै आफू पटकपटक यौन हिंसामा परेपछि आत्महत्याको प्रयास गरेको उनले खुलासा गरेकी छन् ।
उनी ४ वर्षअघि पोखराको बाटुलेचौरमा कोठा भाडामा लिएर दाइसँग बस्दै आएकी थिइन् । अध्ययनका लागि पोखरा झरे पनि पढाइलाई निरन्तरता दिन सकिनन् । फेसबुकमार्फत रजिन सुनारसँग उनको चिनजान भयो । उनले आफू प्रहरी भएकाले सुखसँग पाल्ने भन्दै अनेक प्रलोभन देखाए । २०७६ चैत २७ मा किशोरीका दाइ कोठामा नभएको मौका पारी रजिन उनलाई भेट्न पुगे । त्यसै दिन दुई जनाबीच शारीरिक सम्बन्ध भयो ।
आफूलाई पीडा भएपछि रुन कराउन खोज्दा रजिनले धम्क्याए । त्यसपछि पनि उनले पटकपटक यौन हिंसा गरिरहे । २०७७ वैशाख २३ मा रजिनले पत्नीकै हैसियतमा टीकाटालो गरी किशोरीलाई घरमा भित्र्याए । आफू व्यस्त हुनुपर्ने भएकाले पोखराबाट घर ओहोरदोहोर गर्न नमिल्ने बताउँदै उनले केही समयपछि पहिलेकै डेरामा बस्न लगाए । २०७७ भदौमा किशोरी पहिलोपल्ट गर्भवती भएको थाहा पाएपछि रजिनले गर्भपतन गर्न दबाब दिए । किशोरीले नमानेपछि पेट र छातीमा लात्ती बजारे । त्यसैको असरले गर्भ खेर गयो ।
कान्तिपुर दैनिकले लेखेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस