एक वर्षदेखि पहिरापीडित टेन्टमै
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरापीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य छन् । पहिराले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घरपरिवार पुनःस्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।
गत वर्ष असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका नौ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए । सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् । वर्ष दिन बितिसक्दासमेत पुनःस्थापना गर्न तीनै तहका सरकारले चासो देखाएको छैन । पहिराले घर बगाएका पीडितले ओत लाग्ने छानोसमेत पाएका छैनन् ।
हिउँद लागेपछि घरमै बसेका पहिरो पीडित घर बग्ने हो कि भन्ने चिन्तामा छन् । पहिराको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीयवासी हीरालाल राईले बताउनुभयो । गत वर्ष असार २८ गतेपछि पनि साना–साना पहिरो गइरहेका कारण घर छाडेर घरभन्दा केहीमाथि चित्रेमा टेन्टमै बसिरहेको स्थानीयवासी डम्बरबहादुर राईले गुनासो गरे । जोखिम भए पनि गाउँ छाडेर जाने ठाउँ नभएपछि केही घरपरिवार बेसिन्दामै बसिरहेको उनले जानकारी दिए । बेसिन्दामा ११८ घरपरिवारमध्ये अधिकांश परिवार जोखिम मोलेर बसिरहेका उनले बताए।
गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घरपरिवारलाई खाँदबारी नगरपालिकामा पुनःस्थापना गर्न लागिएको जानकारी दिए । उनले पीडितको इच्छा गरेका केही ठाउँमा पुनःस्थापना गर्न लागिएको बताए । त्यसैगरी २५ परिवारका लागि सिलिचोङ–१ मै रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य पाँच परिवारलाई सोही क्षेत्र आसपास पुनःस्थापना गर्ने तयारी भइरेहको उनले जानकारी दिए ।
पुनःस्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेर राख्ने प्रक्रिया शुरु गरिएको उनले बताए । चित्रेमा २९ परिवारका लागि ३० रोपनी र बखलटुङमा १८ परिवारलाई राख्नका लागि नौ रोपनी जग्गा खरिद गर्ने तयारी गरिएको उनले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस