पहिराले स्काभेटर पुरिँदा एकको मृत्यु
तिनाउ गाउँपालिकाको डुम्रे नजिकै गए राति पहिराले एस्काभेटर पुरिँदा एक व्यक्तिको मृत्यु भएको छ । पहिराले पुरिएर मृत्यु हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–३ घर भई हाल डुम्रेमा बसोबास गर्ने २७ वर्षीय महेन्द्र पुन रहेका छन् । पुनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
हिलोमा फसेको लु४त ६६२९ नंको ट्र्याक्टर निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा ट्र्याक्टर र दुई एस्काभेटर पुरिएका थिए । पहिराले पुरिएर लु१क २४९६ नंका एस्काभेटर चालक पाल्पा रैनादेवी–छहरा गापा–१ बस्ने २० वर्षीय सरोज बुढा घाइते भएको सूचना अधिकारी त्वातीले बताउनुभयो । बुढाको अहिले लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै अर्को लु१क २४९७ नंको एस्काभेटर चालक र सहचालक पहिराबाट जोगिएका छन् ।
तिनाउँ गापा–६ डुम्रेस्थित भित्र कच्ची सडकखण्डमा डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको ट्र्याक्टर हिलोमा फसेपछि दुई एस्काभेटरले निकाल्न खोज्दा पहिराले पुरिएको सूचना अधिकारी त्वातीले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस