रसुवामा सम्बन्धविच्छेदका मुद्दा बढ्दो
हिमाली जिल्ला रसुवामा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा दायर गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन् । न्याय सम्पादनअन्तर्गत जिल्ला अदालतमा दायर भएका मुद्दा आवश्यक प्रक्रिया पु¥याइ छिटोछरितो फैसला हुन थालेपछि अन्यायका विरूद्व आफ्ना समस्या दर्शाइ न्यायालय जानेको सङ्ख्या बढ्न थालेको हो ।
सम्बन्धविच्छेदका लागि दायर भएका मुद्दाउपर सुनुवाइका क्रममा सम्झाइबुझाई पुनःमिलन गराउने र यदि मिल्नै नसक्ने अवस्था आएमा मात्र छोडपत्रको फैसलातर्फ सम्मानित अदालत अगाडि बढ्ने गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका मुद्दा ३२ थिए भने गत आव २०७७/७८ मा ३० मुद्दा दायर भएका अदालतका शाखा अधिकृत तहसिलदार रामचन्द्र मण्डलले जानकारी दिए ।
गत आव २०७७/७८ मा दायर भएको ४८ र विगत आव २०७६/७७ मा प्रक्रियागतरूपले जिम्मेवारी सरेका समेत ७८ मुद्दा मध्ये ४३ फैसला भएका छन् । फैसला गर्न बाँकी रहेका मुद्दाको हकमा प्रमाण बुझी फैसलाको गृहकार्यमा अगाडि बढिरहेको बताइएको छ । वार्षिक लक्ष्यअनुरूप ६५ प्रतिशत मुद्दा फछ्र्योट भइसकेका अधिकृत मण्डलले बताए ।
दायर भएका मुद्दामा सम्बन्धविच्छेद, सवारी ज्यान, बहुविवाह, जबर्जस्ती करणी, चेक बाउन्स चेक, घरेलु हिंसा, अंश चलन, अपहरण एवं शरीर बन्धक, जग्गा खिचोलाका साथै निषेधाज्ञाजस्ता प्रकरणका मुद्दा दर्ता भएका बताइएको छ ।
गत आर्थिक वर्षमा अदालतको फैसलाबाट ११ अभियुक्त कारागार चलान भएका छन् । यसरी कारागार चलान हुनेमा ज्यान मार्ने, ज्यान मार्ने उद्योग गर्ने, आँखेटोपहार, अपहरण तथा शरीर बन्धक बनाउन, बहुविवाह गर्ने र जबर्जस्ती करणीजस्ता छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस