अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
ओखलढुंगा । ओखलढुंगामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ ।
मोलुङ गाउँपालिका ७ पात्लेका ३२ वर्षीय सुत्केरी सुनिता लामिछानेको अत्याधिक रक्तश्रावका कारण ज्यान भएको हो । बिहीबार बेलुकादेखि सुत्केरी बेथा लागेर छट्पटाएकी लामिछानेले शुक्रबार बिहान परिवारको तेस्रो सदस्यको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । छोरीलाई जन्म दिएको केही समयपछि अत्याधिक पेट दुख्ने तथा रगत बग्ने समस्या देखिएपछि अस्पताल ल्याउदै गर्दा बाटोमा उनको ज्यान गएको मोलुङ गाउँपालिका ७ का वडाअध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए ।
मृतक लामिछानेलाई स्थानीय स्वास्थ्य चौकीले गत असार २२ गतेको समय दिएको भएपनि साउन १ गते सुत्केरी बेथाले च्यापेको थियो । घरैमा सुत्केरी भएकी उनलाई अत्याधिक रक्तश्रावपछि स्थानीय स्वास्थ्य चौकीमा बोकेर उपचारका लागि लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा उनको ज्यान गएको वडाअध्यक्ष सुनुवारले बताए ।
उनको यसअघि एक छोरा र एक छोरी रहेका छन् । तेस्रो सन्तानको रुपमा जन्मिएकी छोरीको अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस