• जीवनशैली | Jiwanshaili
  • हेलम्बुका बाढी प्रभावितलाई दुई लाख २० हजार सहयोग


    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुका बाढी प्रभावितलाई रु दुई लाख २० हजार सहयोग गरिएको छ ।

    पाँचपोखरी थाङपाल गाउँपालिका–७ का महेशलाल श्रेष्ठ, श्याम श्रेष्ठ तथा अन्य युवाबाट सङ्कलित रकम मेलम्ची हेलम्बुका बाढी प्रभावित २२ घरधुरीलाई रु दश हजारका दरले सहयोग प्रदान गरिएको हो ।

    त्यस्तै मेलम्ची पुनर्निर्माण सरोकार समितिलाई दुई लाख हस्तान्तरण गरिएको अभियन्ता मनिष श्रेष्ठले जानकारी दिए । छिमेकी पालिकामा विपद् पर्दा सहयोग गर्न पाएकामा अभियन्ता महेशलाल श्रेष्ठले खुशी व्यक्त गरे ।

    असार १ को बाढीले मेलम्ची र हेलम्बुका ४२० घरधुरी विस्थापित भएका छन् । बाढीका कारण पाँच जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार