पहिराले सिलगढी–बझाङ जोड्ने सडक अवरुद्ध
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्न समेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका मानबहादुर साउदले जानकारी दिए ।
यसैगरी उक्त पहिराले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी बजारमा तीन दिनदेखि खानेपानीको हाहाकार भएको सिलगढी खानेपानी उपभोक्ता समितिका प्रमुख रामचन्द्र धामीले जानकारी दिए । उनका अनुसार पहिराले बगाएको खानेपानी मर्मतका लागि कर्मचारी खटिए पनि ठाउँ–ठाउँमा पहिरो गएकाले मर्मत गर्न सकिएको छैन । पहिरो पन्छाई अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका अर्का स्थानीयवासी पहलसिंह साउदले जानकारी दिए । जिल्लामा अहिले पनि वर्षा भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस