• जीवनशैली | Jiwanshaili
  • कोहलपुरमा वृद्धा मृतावस्थामा


    बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले एकतानगरका ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेकोे जानकारी दिए।

    उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए। अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार