चर्को मिटरब्याज अशुल गर्ने एक जना १९ करोडको चेक सहित पक्राउ
काठमाडौं । चर्को मिटरब्याज अशुल गर्ने एक जनालाई विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरूसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल ललितपुर भैँसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेती छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाडौं महानगरपालिका–७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट पक्राउ गरको जनाएको छ ।
भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं –३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट विभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटरब्याज लगाएको प्रहरीले जनाएको छ।
प्रकाशबाट चार करोड १६ लाख रुपैयाँको चेक र हेमराजबाट चार करोड १४ लाख रुपैयाँको चेकहरू लिई सोबापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको आरोपमा ब्यूरोले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस