मृत रेडपान्डासहित दुई पक्राउ
काठमाडौँ महानगरपालिका–१५ स्थित विष्णुमती कोरिडोरबाट मृत रेडपान्डासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्बा घर भई काठमाडौँ बस्ने उमेश विसुन्के र दोलखा तामाकोसी घर भई काठमाडौँको गौशाला बस्ने अर्जुन मगराति रहेका छन् । उनीहरूका साथबाट मृतावस्थामा रहेको दुई रेडपान्डा बरामद गरिएको प्रहरीले जनाएको छ ।
रेडपान्डाको छाला बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा झोलाभित्र लुकाईछिपाईकन राखेको अवस्थामा मृत रेडपान्डा फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । पान्डाको पेटको अङ्ग झिकिएको र बाहिरी छालाको भाग सुकाइएको अवस्थामा फेला पारिएको परिसरले आज एक सूचना जारी गरी जनाएको छ ।
यसैबीच गएराति महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–४ बाट चोरिएका पाँचवटा मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुमाथि जाँच गर्दा उक्त मोबाइल फेला परेको हो । उनीहरू यसअघि पनि मोबाइल चोरीमा संलग्न भएको खुल्न आएको छ । पक्राउ पर्नेमा मकवानपुरका राजेश गोपाली र कैलालीको दीपक नेगी रहेका छन् । दुवै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस