जलेर बालिकाको मृत्यु
आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।
स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् ।
गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस