साउन महिनामा व्रत बस्नुका फाइदा यस्ता छन्
काठमाडौं । साउन महिनाको आज पहिलो सोमवार । यतिबेला धेरै मानिसहरु विशेषगरी महिला र युवतीहरु ब्रत बस्ने गर्दछन् ।
कतिले शिव भगवानलाई खुसी राख्नका लागि महिनाभरीका लागि सात्विक भोजन गर्ने गर्छन् । तपाईंले आस्थाका लागि बस्नुभएको ब्रतले शरीरमा विभिन्न फाइदा पुर्याउँछन् भन्ने कुरा के तपाईंलाई थाहा छ रु ब्रत बस्नुका फाइदा अनुसन्धानले पनि पुष्टि गरिसकेको छ ।
शरीरलाई विभिन्न लाभ
ब्रत राख्दा वा खाना खाने प्रक्रिया बीच लामो अन्तराल राख्दा शरीरलाई विभिन्न फाइदा पुग्छ । जो व्यक्ति नियमित रुपमा खाना खान्छन् उनीहरुको चालढाल सुस्त हुन्छ तर जो व्यक्ति उपवास बस्छन् उनीहरुको बुढेसकालमा पनि सतर्कता बढ्ने गर्छ र शरीर अत्यधिक फुर्तिलो हुन्छ । यसका लागि वैज्ञानिकले बुढ्यौलीसँग सम्बन्धित दुई सय समस्यामाथि अनुसन्धान गरेको छ ।
धेरै खाँदा चाँडै ढल्छ शरीर
अनुसन्धानमा पत्ता लागे अनुसार जो व्यक्ति कम खान्छन्, उनीहरुको शरीर धेरै समयसम्म फिट रहन्छ । सुरुमा ब्रत बस्दा शरीरले असजिलो महसुस गर्छ तर समयसँगै शरीरलाई भोको पेट बस्ने बानी पर्छ । १२ घण्टासम्म केही नखाने व्यक्तिको शरीरमा अटोफागी नामको सफाई प्रक्रिया सुरु हुन्छ । अनावश्यक कोसिकालाई शरीरले सफा गर्न थाल्छ । भोक र ब्रत नयाँ कोसिकाको निर्माणमा फाइदाजनक हुन्छ । अटोफागीको खोजका लागि सन् २०१६ मा जापानी वैज्ञानिक योशिनोरी ओसुमीले नोबेल पुरस्कार पाएका थिए ।
सात्विक भोजनले क्यान्सरको आशंका कम
आजकाल क्यान्सरको मामला पनि तीब्र रुपमा बढिरहेको छ । यस्तोमा उपवास बसेको दिन सात्विक भोजन गर्नुहोस् । प्याज–लसुन र मांसहारबाट टाढै रहँदा र फलको सेवनले तपाईं स्वस्थ रहनुका साथै क्यान्सरको आशंका पनि कम हुन्छ । ब्रत बस्दा जीवन लामो हुनसक्छ किनभने मधुमेह र क्यान्सरजस्ता रोगको खतरा पनि कम हुन्छ । साथै, ब्रत बस्नेहरु निकै हल्का पनि महसुस गर्छन् ।
तौल कम हुने
ब्रत बस्दा शरीरमा यस्ता हर्मोनको श्राव हुन्छ जसले फ्याटी टिस्यूलाई तोड्न मद्दत मिल्छ । अर्थात् तपाईंको तौल कम हुनसक्छ । अनुसन्धानमा यो पनि प्रमाणित भइसकेको छ कि शर्ट टर्म फास्टिङ अर्थात् केही समयका लागि ब्रत बस्दा शरीरमा मेटाबोलिजम तीब्र रुपमा बढ्छ जसले तौल घटाउन मद्दत मिल्छ ।
शरीरको शुद्धिकरण
ब्रत राख्दा शरीर शुद्ध हुन्छ । शरीरबाट विषालु तत्व बाहिर निस्कन्छन् । ब्रत बस्दा तपाईं फलफूल र सागसब्जीको सेवन गर्नुहुन्छ । आयुर्वेद अनुसार ब्रत बस्दा शरीरमा जठराग्नी ९डाइजेस्टिभ फायर० बढ्ने गर्छ । यसले पाचन बलियो हुन्छ । यसले ग्यासको समस्या पनि भाग्छ ।
स्नायु प्रणालीमा सुधार
ब्रत बस्दा हाम्रो शरीर हल्का महसुस हुन्छ । हल्का शरीरले मन पनि हल्का हुन्छ र दिमागले राम्रोसँग काम गर्छ । समग्रमा भन्नुपर्दा ब्रतले सकारात्मक असर पुर्याउने गर्छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस