श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
गौरादह नगरपालिका–१ मा पाँच दिनअघि श्रीमतीको हत्या गरी फरार अभियुक्त सजिलाल रिख्यासनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आज बिहान मोरङको रङगेली नगरपालिका– ९ स्थित सखुवाथानमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनले गत असार ३१ गते राति ३४ वर्षीया श्रीमती सङ्गीता टुटुलाई खेत नजिकै रहेको टहरामा लगि निर्मतापूर्वक कुटपिट गरी हत्या गरेका थिए ।
श्रीमतीको हत्या गरी फरार रहेका सजिलाललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस