करेन्ट लागेर बालिकाको मृत्यु
राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनले भने, “बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो ।” बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस