• जीवनशैली | Jiwanshaili
  • अफिमसहित एक पक्राउ


    हेटौँडा उपमहानगरपालिका–२ सङ्गमचोकबाट प्रहरीले अवैध लागुऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ बस्ने ४४ वर्षीय रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी टोलीले पाँच किलो ७५० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको हो । पक्राउ परेका भुलुनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार