सप्तरीमा नहर भत्किदा पाँचसय बढी घर डुबानमा
सप्तरी । लगातारको वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ मा रहेको चन्द्रनहर भत्किँदा झण्डै पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् ।
अमहा, टेङ्ग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको मेयर उत्तम गौतमले जानकारी दिए । उनका अनुसार दुई ठाउँमा गरी झण्डै ५० मिटर नहर भत्किएको छ । बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका १, २, ४ र ११ वडाका ३ सय घर डुबानमा परेका छन् । यस्तै, बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ ।
गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका झण्डै २ सय ७५ घर डुबेका छन् । तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ ।
यस्तै, सप्तकोशी, त्रियुगा, महुली, खाँडौ, बलानलगायत नदीमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस