यस वर्षको निषेधाज्ञा अवधिमा ६ सय ८० महिलामाथि हिंसा
काठमाडौं । यस वर्षको निषेधाज्ञाको अवधिमा ६ सय ८० महिलामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
कोरोना महामारी रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाको अवधि गएको वैशाख १६ गतेदेखि असार मसान्तसम्ममा महिला पुनर्स्थापना केन्द्र, ओरेकले सङ्कलन गरेको तथ्याङ्कअनुसार ६३ जिल्लामा ६ सय ८० महिला हिंसामा परेका हुन् ।
निषेधाज्ञाको अवधिमा अभिलेखीकरण गरिएका ६ सय ८० घटनामध्ये तीन सय ४१ घटना घरेलु हिंसाका रहेका छन् । ५० प्रतिशत हिंसा घरभित्रै हुने गरेका पाइएको ओरेक नेपालमा कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए।
घरेलु हिंसाका घटनामा महिलालाई दाइजो नल्याएको वा कम ल्याएको, छोरी जन्माएको, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएको लगायतका कारण भएको देखिन्छ । सामाजिक हिंसाका घटनामा यौन दुर्व्यवहार तथा मानव बेचबिखनका घटना छन् ।
धेरैजसो महिला श्रीमान्, घरका सदस्य, नातेदार तथा छिमेकीबाट पीडित भएको पाइएको पनि निर्देशक न्यौपानेले बताउनुभयो । हिंसामा पर्ने महिलामध्ये ३१ प्रतिशतभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समूहका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस