मेलम्ची र हेलम्बुका पीडितका लागि कलाकारले पक्की घर बनाइदिने
सिन्धुपाल्चोक । गत असारको पहिलो साता बाढीले बगाएको मेलम्चीको दनुवार बस्ती कलाकारले निर्माण गर्ने भएका छन् ।
सोमबार कलाकारको समूहले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेपछि मेलम्ची र हेलम्बुका पीडितका लागि पक्की घर बनाउने घोषणा गरेका हुन् । कलाकारद्वारा संचालित सिन्धु सहयोग कोषले उक्त बस्तीमा १९ वटा पक्की घर बनाइदिने भएको हो ।
हेलम्बुको मगर बस्ती क्यूलमा २४ पक्की घर बनाइदिने कलाकारहरुले बताएका छन् । उक्त बस्तीमा आकर्षक पक्की घरसहित होमस्टे निर्माण गर्ने तयारी रहेको कोषका सदस्य चेतन सापकोटाले बताए । उनले यो योजनालाई चाँडै औपचारिक रूपमा सार्वजनिक गर्ने समेत बताएका छन् ।
कोषको समूहले सिन्धुपाल्चोकबाट पुनर्निर्माणका लागि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् प्राधिकरणका प्रमुखसँग पनि यसबारे छलफल सुरु गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस