१२५ वर्षीय पूजारीको निधन
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनिमा शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्नुहुने उहाँले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिएन ।
पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उहाँको अन्तिम संस्कारका लागि स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस