हवल्दार गुरुङको हत्यारा पक्राउ
भरतपुर महानगरपालिका–१७ सिमलडाडाँ खेतमा बिहीबार बिहान मृतावस्थामा भेटिएका नेपाली सेनाका हवल्दार भरत गुरुङको हत्या सेनाकै जवानले गरेको खुलेको छ ।
पक्राउ पर्नेमा भरतपुर–२१ का २६ वर्षीय गंगाधर ढकाल छन् । धादिङ निलकण्ठ नगरपालिका–१३ का ३६ वर्षीय गुरुङ र ढकाल दि फेमस महेन्द्रदल गण शिवपुरीमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ढकालले जग्गा किन्न भनि आएका गुरुङ्लाई बिहीवार बिहान झोलामा रहेको हतियार निकालेर मोटरसाइकल पछाडि बसिरहेका अवस्थामा हत्या गरेको जानकारी दिइयो । प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले ढकालले गुरुङ मोटरसाईकलबाट लडेपछि बोकेर सात–आठ मिटरको दूरीमा रहेका कुलोमा फालेर फरार भएको जानकारी दिए ।
अभियुक्त ढकाललाई भरतपुर–२० चनौलीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । उहाँले ढकाललाई मुलुकी अपराधसंहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसुर अन्तर्गत जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरिने बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस