सर्लाहीबाट लागूऔषध चरेशसहित तीन जना पक्राउ
सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर २ स्थित नेपाल भारतको सिमाबाट शुक्रबार राति अवैध लागूऔषध चरेशसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर साविक टिस्टुङ गाविस वडा नम्वर १ हाल थाहा नगरपालिका वडा नम्वर ११ बस्ने माईला तामाङको ५९ वर्षीय छोरा बिर बहादुर बल, मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्वर ५ बस्ने बल बहादुरकाको २५ वर्षीय छोरा सुकराम पाख्री र काभ्रे नमीबुद्ध नगरपालिका वडा नम्वर ११ बस्ने आईत सिंह तामाङको छोरा सुकलाला तामाङलाई प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगबाट खटिएको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट लागूऔषध चरेश जस्तो पदार्थ ११ किलो १ सय ग्राम, र सुकलालको साथबाट १६ हजार भारु रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका उनिहरु विरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस