पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध
डोटी । सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोले बन्द भएको छ।
लगातारको वर्षापछि खसेको पहिरोले राजमार्ग बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान गैरा नजिक पहिरो खस्दा राजमार्ग बन्द भएको हो । सडक माथिबाट ठूलाठूला ढुङ्गा र रुखहरु खसेका छन् ।
सडक डिभिजन कार्यालयको डोजरसहित पहिरो पन्छाउने काम भइरहेको प्रहरी चौकी गैराले जनाएको छ । पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ गाडी र यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस