बर्दियामा खोलामा डुबेर तीनजना बेपत्ता
बर्दिया । बर्दियामा नदी तथा खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई दाजुबहिनी र एक युवक छन्।
प्रहरीका अनुसार गेरुवा गाउँपालिका–६ का १४ वर्षीय सञ्जीव विक र उनकी आठ वर्षीया बहिनी दिलमाया छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनीहरु कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा बेपत्ता भएको बताए।
उनीहरु शुक्रबार नुहाउने क्रममा वेपत्ता भएका थिए। अर्का बेपत्ता हुनेमा राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी छन्। बेपत्ता तीनै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागे पनि फेला नपरेको कार्कीले जानकारी दिए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस