गाई काटेको अभियोगमा ६ जना पक्राउ
संखुवासभा । संखुवासभाको मादी नगरपालिका– ९ मा गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
गाई काटेको आरोपमा मादी–९ बाट ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। शुक्रबार मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेका ६ जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुदिप लिम्बु, निखिल लिम्बु, मिलन गुरुङ, प्रेम बहादुर श्रेष्ठ, मन बहादुर लिम्बु र सुदिप दर्जी रहेका छन्। उनीहरु मादी –९ का स्थानीय हुन्। उनीहरुलाई गौवध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
गौवध सम्बन्धी मुद्दामा ३ वर्ष सम्म कैद हुने कानुनी ब्यवस्था रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस