लागुऔषध कारोवार गर्ने १५१ व्यक्ति पक्राउ
नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोवारमा संलग्न ती व्यक्तिलाई आव ०७७÷७८ मा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा सवारीसाधन जाँच र विशेष सुराकीका आधारमा छापा हान्ने क्रममा प्रतिबन्धित लागुपदार्थ औषधसहित कारोवारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।
पक्राउपर्ने माथि जिल्ला अदालतमा मुद्दा दायरसमेत गरिएको बताइएको छ । गाँजा र अफिम ओसारपसार गर्ने हेटौँडा, राक्सिराङ, कैलाश तथा मनहरी गाउँपालिकाका युवा बढी पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउपर्नेमा पुरुष १४२ रहेको बताइएको छ
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस