सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सर्लाही । सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
हरिवन नगरपालिका वडा नम्बर ४ की ६२ वर्षीया तेतरी खातुन धुनियाको ज्यान गएको जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो । आज सोमवार बिहान विवाह कार्यक्रममा जाँदै गर्दा उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको हो ।
यस्तै हात्तीको आक्रमणबाट सर्लाहीकै वाग्मती नगरपालिकामा एक जना घाइते भएका छन् । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस