साढे पाँच किलो चरेससहित कैलालीबाट दुई जना पक्राउ
कैलाली । प्रहरीले साढे पाँच किलो चरेससहित कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्ररहरी र इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले सोमबार राति गौरीगंगा नगरपालिका(११ का ४० वर्षीय गोरे धामी र गोदावरी नगरपालिका ६ का ३५ वर्षीय धनबहादुर धामी छन्।
प्रहरीले सुरूमा गोरेलाई गौरीगंगा नगरपालिका ८ बाट पक्राउ गरेको थियो। उनले धनबहादुरले चरेस दिएको भनेपछि उनलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शंका लागेर गोरेले बोकेको झोला चेकजाँच गर्दा साढे पाँच किलो चरेस फेला परेको थियो। प्रहरीले दुबैलाई लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस