भारतको मोतिहारीबाट दुई नेपाली युवतीको उद्धार
झापा । झापाको बिर्तामोड नगरपालिका–२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया मन्दिरा बस्नेत र उनकी १५ वर्षीया बहिनी राधिका बस्नेतलाई उद्धार गरिएको हो। वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई बिर्तामोडकै लक्ष्मी दास र सुनसरी जिल्लाको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ताअघि भारतको मोतिहारी पुर्याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।
गत साउन ४ गते ती युवती हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएलगत्तै प्रहरीले खोजी शुरू गरेको थियो। उद्धार गरिएका दुवैलाई आफन्तको जिम्मा लगाउने पहल भइरहेको छ। त्यसैगरी भारत लैजाने लक्ष्मी र खुम्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस