• जीवनशैली | Jiwanshaili
  • गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


    गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोटमा दुर्घटना भएको हो । दुर्घटनामा जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् ।

    उनका अनुसार मृतकको पहिचान भइसकेको छैन । जीपमा सवार एक जना गम्भिर घाइते भएका छन् । सबै घाइतेको उद्धार भइरहेको छ । जीपमा रहेका एक जना बच्चा भेटाउन सकिएको छैन । उनीहरुलाई सदरमुकाम तम्घास ल्याउने तयारी भएको उनले जानकारी दिइन् ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार