बुढीगंगा नदी थुनियो, सतर्कता अपनाउन आग्रह
बाजुरा । बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ।
गौमुल गाउँपालिका–२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ। वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको बताइन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए।
वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो। सोही ठाउँमा तुसारी गाडका २ वटा झलुंगे पुल बगाएको उनले जानकारी दिइन् । वडा नम्बर ३ गर्ज्याङ र वडा नम्बर २ दहकोटमा एउटा झुलंगे पुल बगेको उनले बताइन् ।
अजयटोट्की टोल जोखिममा परेपछि १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु लेकमा त्रिपालमा बसेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस