• जीवनशैली | Jiwanshaili
  • ७ लाख १५ हजार नगद सहित ११ जना जुवाडे पक्राउ


    काभ्रे । काभ्रेको बनेपाबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।

    स्थानिय थोप्चेन तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा बनेपा नगरपालिका–११ बाट ७ लाख १५ हजार नगद सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा घरधनी स्थानिय थोप्चेन तामाङ, बनेपा घर भएका कृष्ण केसी, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, रोशी गाउँपालिका घर भएका पाराङ लामा उर्फ खड्ग सिं र हिरा लामा सहित ११ जना रहेका छन् ।

    जुवा खालबाट प्रहरीले ७ लाख १५ हजार नगदका साथमा १४ बुक तास बरामद गरेको छ । उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार