बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ
रोल्पा । रोल्पामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट गर्ने धामीसहित तीन जना पक्राउ परेका छन् ।
रोल्पा नगरपालिका–४ लिबाङकी २६ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने सुनिलस्मृति गाउँपालिका–६ गजुलका धामी राहुल सुनार, रोल्पा नगरपालिका–४ बाइगाउँकी जुनकुमारी सेन र सीता सेनलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । पीडितको कोठामै गएर उनीहरुले कुटपिट गरेको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाले आफूमाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै गएको सोमवार प्रहरीमा उजुरी दिएकी थिइन् । गएको ६ गते उनीहरुले ती महिलालाई कुटपिट गरेका थिए । कुटपिटबाट महिलाको अनुहारमा चोट लागेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस